एकीकृत समाजवादी र जनता समाजवादीले बैठकपछि ‘हुन्छ’ भन्ने !

एकीकृत समाजवादी र जनता समाजवादीले बैठकपछि ‘हुन्छ’ भन्ने !

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि दुवै दलले आफ्नो पार्टीको संसदीय दलको बैठक डाकेका हुन् । 

बैठकमा सरकारले गत जेठ १५ गते संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादी र जनता समाजवादीले बिहान साढे १० बजे बैठक राखेका छन् । दुवै दलको बैठक संसद भवन, नयाँ बानेश्वरमा राखिएको छ ।

आज सरकारले बजेट पारित गराउने तयारी गरेको छ । संसदको कार्यसूचीमा पनि बजेट पारित गर्ने उल्लेख छ । सोहीबारे निर्णय गर्न माधवकुमार नेपाल र उपेन्द्र यादव नेतृत्वको क्रमशः एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका हुन् । 

ती पार्टीका सांसदले बजेट समावेशी नभएकाले बिनासंशोधन पास हुन नदिने बताउँदै आएका छन् । तर, नेपाली काँग्रेस र माओवादी नेतृत्वले सत्ता गठबन्धनका सबै दलले बजेट पारित गर्ने सहमति भइसकेको बताएको छ । 

उनीहरुले बजेट पारित गराउने प्रस्तावको पक्षमा दृढ हुन सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

टिप्पणीहरू