बजेट बहुमतले पारित, विपक्षमा १०८ मत

बजेट बहुमतले पारित, विपक्षमा १०८ मत

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

अर्थमन्त्री डा. प्रकाशरण महतले ‘विनियोजन विधेयक पारित गरियोस्’ भनि राखेको प्रस्ताव आज बसेको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो । २५५ जना उपस्थितमध्ये १४७ सांसदले बजेटको पक्षमा मत दिएपछि सभामुख देवराज घिमिरेले बजेट पारित भएको घोषणा गर्नुभयो । 

बजेटको विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले जानकारी दिनुभएको छ । प्रमुख प्रतिपक्ष एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका सांसदहरुले विपक्षमा मतदान गरेका हुन् ।   

गत जेठ १५ गते संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई आज निर्णयार्थ प्रस्तुत गरिएको थियो । यसअघि ध्वनी मतद्वारा बजेट पारित भएको घोषणा गरिएकोमा एमालेले मतविभाजनको माग राखेपछि सोहीअनुसार गरिएको हो ।

टिप्पणीहरू