एमाले अध्यक्ष र रवि एउटै उडानमा भरतपुर प्रस्थान
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भरतपुर जानुभएको छ ।
अपरान्ह साढे ४ बजेको बुद्ध एयरको उडानबाट उहाँ त्यता जानुभएको हो । अध्यक्ष ओलीसँगै पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भरतपुर पुगेको बताइएको छ ।
संसदका गतिविधिमा एकै लाइनमा उभिएका दुई प्रतिपक्षी दल एमाले अध्यक्ष र रास्वपाका सभापति बजेट पास भएको भोलिपल्ट सँगै भरतपुर गएका हुन् । भरतपुर लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।
टिप्पणीहरू