एमालेको कोशी सरकार ढल्यो
नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । प्रदेशसभाको बैठकमा सरकारको पक्षमा बहुमत पुर्याउन नसकेपछि मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकार ढलेको हो ।
प्रदेशसभामा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ४६ मत खसेको छ । कोशीमा सरकारको विश्वास कायम रहन न्यूनतम ४७ मत आवश्यक हुन्छ ।
आजको बैठकमा तीनजना सांसद अनुपस्थित थिए भने सभामुखले मतदानमा भाग लिएनन् ।
टिप्पणीहरू