बाफ रे कालाकोटको ताँती ?

बाफ रे कालाकोटको ताँती ?

भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको पक्षमा अदालतमा बहस गर्ने वकिलहरूको तँछाडमछाड देखेपछि अन्य झगडियाको रमिते बन्ने पालो आयो ।

यी नेताहरूका पक्षमा बहस गर्ने वकिलले कति रकम हात पारे होलान् ? यति धेरै वकिललाई पैसा दिएर बहस गराउन सक्ने गरी यिनले अझ कति धेरै रकम कमाएका होलान् । पूर्ववकिलहरूले फिबापत नगद लिने गरेको अनुभव धेरैलाई छ ।

‘बाफ रे बाफ, बहस गर्न पाइएन भन्दै कतिपय वकिल बुरुक्क बुरुक्क उफ्रिएका थिए, नगद पाएपछि चुप लागेर बस्नु नि !’ यो प्रकरणमा पोल्ने सानु भण्डारी र पोलाइ खाने पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षबाट एउटै वकिलले बहस गरेकोमा आश्चर्य मान्ने पनि देखिए ।

बहस गर्ने ८० जना वकिलमध्ये सरदर ३० हजारकै दरले नगद लिँदा पनि २४ लाख रूपैयाँ हिसाब निस्कन्छ । वकिललाई फिसबापत दिने रकमको स्रोत के त ?

– दिलरमण भुर्तेल, कोटेश्वर
 

टिप्पणीहरू