अटोरिक्सा पल्टिँदा १८ वर्षे चालक बिते
उदयपुरमा भएको अटो दुर्घटनामा चालकको ज्यान गएको छ । उदयपुर गाउँपालिका ७, अधेरीस्थित स.१ ह ३६२२ नम्बरको अटो दुर्घटना हुँदा त्रियुगा नगरपालिका १२ का १८ वर्षीय चालक मोहमत रुस्तमको निधन भएको छ ।
अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको सो अटो आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएको बताइन्छ ।
तत्काल उपचारका निम्ति जिल्ला अस्पताल पुर्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको हाल विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । हिजो रातिको उक्त दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू