लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकमा छुट्टै डेस्क

लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकमा छुट्टै डेस्क

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरुको गुनासो सुन्न छुट्टै डेस्क स्थापना गरेको छ । 

केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क शुरु गरेको हो । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको राष्ट्र बैंकले सदस्यहरुको गुनासो सुन्न र आवश्यक कारवाही गर्न यस्तो व्यवस्था गरेको बताएको छ । 

राष्ट्र बैंकका अनुसार पैसा तिर्नुनपर्ने फोन नम्बर १८१०५००००२२ मार्फत बैंकको जुनसुकै कार्यालयमा गुनासो दर्ता गर्न सकिने छ ।  

यस्तै, बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमलेमार्फत पनि निवेदन दर्ता गर्न सकिने जानकारी दिइएको छ ।

टिप्पणीहरू