मन्त्रीलाई कहिलेदेखि सम्माननीय भन्न थालियो ?

मन्त्रीलाई कहिलेदेखि सम्माननीय भन्न थालियो ?

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदलाई अछामको एउटा गाउँपालिकाले लिखित रुपमा सम्माननीय भनेर सम्बोधन गरेको छ । उक्त सम्बोधन स्वयम् मन्त्रीले उद्घाटन गरेको औपचारिक कार्यक्रममा भएको हो ।

अस्ति आइतबार मन्त्री साउदले चौरपाटी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नुभएको थियो । उद्घाटन गरिएको ताम्रपत्रमा परराष्ट्र मन्त्रीलाई सम्माननीय लेखिएको छ ।

संविधानतः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई सम्माननीय शव्दले सम्बोधन गरिन्छ । त्यसबाहेक अरु मन्त्री तथा सभासद्लाई माननीय भन्ने गरिन्छ । आफूलाई सम्माननीय लेखिएको ताम्रपत्रसहित भवन उद्घाटन मन्त्री साउद स्वयमले गर्नुभएको हो ।

टिप्पणीहरू