प्रहरी भर्ना गर्दै काठमाडौँ महानगर

प्रहरी भर्ना गर्दै काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आज सूचना प्रकाशित गर्दै महानगरको प्रशासन विभागले ६५ जना नगर प्रहरी जवानका लागि १५ दिनभित्र निवेदन दिन भनेको हो । विभागले सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम सूचीअनुसार नगर प्रहरी करार सेवामा भर्ना गर्ने जनाएको छ । 

साथै, निवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रको प्रतिलिपि चाहिने पनि सूचनामा उल्लेख गरिएको छ । 

विभागले यसबारे थप जानकारी महानगरको बेवसाइटबाट प्राप्त गर्न सक्ने पनि बताएको छ ।

टिप्पणीहरू