एमाले नेता बोल्दै गर्दा संसद भवनमा आगो लागेपछि भागाभाग, बैठक रोकियो

एमाले नेता बोल्दै गर्दा संसद भवनमा आगो लागेपछि भागाभाग, बैठक रोकियो

बैठक बसिरहेका बेला लुम्बिनी प्रदेशसभा भवनमा आगो लागेपछि भागदौड मच्चिएको छ ।  

प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएको र त्यसलगत्तै प्रदेशसभा बैठक स्थगित गरिएको छ । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । 

बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो ।

टिप्पणीहरू