बाँस काट्न गएका थामीलाई करेन्ट लाग्यो, जिल्लाबाट काठमाडौं ल्याइयो
दोलखाको कालिञ्चोकमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
कालिञ्चोक गाउँपालिका–४, का ४९ वर्षिय शेरबहादुर थामी आज बिहान हाइटेन्सन लाइनको करेन्ट लागेपछि गम्भीर घाइते भएका हुन् ।
सिंगटी–लामोसाँघु हाइटेन्सन लाइनको टावर रहेको बारीमा बाँस काट्न जाँदा उनलाई करेन्ट लागेको हो । सिंगटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारार्थ काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
टिप्पणीहरू