कोशीमा काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त

कोशीमा काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव तथा नियुक्त भएका छन् । सत्ता गठबन्धनको तर्फबाट काँग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका गर्नुभएको छ ।

गठबन्धन दलहरुले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेका छन् । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

थापा झापाका प्रदेशसभा सदस्य हुन् । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांँग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको दाबी पेश गरेका छन् ।

एमालेका उपसभामुखसहित ४० र राप्रपाका छ जना प्रदेश सांसद छन् ।

टिप्पणीहरू