कोशीका नयाँ मुख्यमन्त्रीको शपथ, तीन सदस्यीय मन्त्रीमण्डल गठन
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
लगत्तै मुख्यमन्त्री थापाले नेपाली काँग्रेसका प्रदीप सुनुवार र नेपाली एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनीहरु दुवै जनालाई विना विभागीय मन्त्री तोकिएको छ ।
टिप्पणीहरू