तारा बरालको समूह सर्वोच्च अदालत अगाडिबाट गिरफ्तार

तारा बरालको समूह सर्वोच्च अदालत अगाडिबाट गिरफ्तार

आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बरालको समूहलाई प्रहरीले पक्रेको छ । उनीहरुलाई सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिइएको बताइएको छ । 

बालुवाटारको ललिता निवास प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै समूहले प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाई छ । 

सर्वोच्च अदालतमा आज पक्राउ परेका सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहस भइरहँदा उनीहरुले बाहिर नाराबाजी गरेका हुन् ।

प्रहरीले बरालसहित सोम शर्मा, विप्लव खड्का, दिपेश जैसवाल, सरोज नेपाल, खेमराज साउदलगायत छ जनालाई पक्रेर सिंहदरबार वृत्त पुर्याएको हो ।

टिप्पणीहरू