प्रतिनिधिसभाको बैठक स्थगित, आइतबार १ बजे बस्ने
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक आइतबारसम्मको लागि स्थगित गर्नुभएको छ । आजको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी दिइएको छ ।
आज संसद भवन, नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था समिति बैठकलगत्तै संघीय संसदका महासचिव डा. भरतराज गौतमले आजका लागि तोकिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने निधारण गरिएको जानकारी गराउनुभएको हो ।
सभामुख घिमिरेले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरुलाई थप छलफल गरेर समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । उहाँले छलफलको निम्ति सहजीकरणका लागि आफू तयार रहेको जानकारी दिनुभएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद भनाईलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षीहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
टिप्पणीहरू