सके आफू बन्छु, नसके आफ्नो पुस्ताकालाई प्रधानमन्त्री बनाइन्छ : गगन थापा

सके आफू बन्छु, नसके आफ्नो पुस्ताकालाई प्रधानमन्त्री बनाइन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताका अन्य कोही प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् । उनले मुलुकको आवश्यकता पछिल्लो समय सोहीबमोजिम अगाडि आइरहेको उल्लेख गरेका हुन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसको लागि आफ्नो पार्टीले संसदीय दलको नेता फेर्ने धारणा राखेका छन् । उनले भने, ‘म कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु ।’ संसदीय दलको नेता बदल्न सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने उनको अठोट छ ।

थापाले अगाडि भनेका छन्, ‘सके बदल्छु, सके आफू बन्छु । नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ । बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ ।’

अब मुलुकमा पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने श्रृंखलालाई रोक्न सक्नुपर्ने उनको भनाई छ ।

टिप्पणीहरू