समाजवादी मोर्चाको बैठकमा पछिल्लो राजनीतिक घटनाको चर्चा
गठन भएको तीन हप्तापछि डाकिएको समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपरान्ह ४ बजेपछि भएको हो ।
बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका र मोर्चाको सशक्तिकरणबारे छलफल गरिएको बताइन्छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको पहलमा असार ४ गते मोर्चा गठनको घोषणा गरिएको थियो । बैठकको नेतृत्व आलोपालो हुने व्यवस्था छ ।
टिप्पणीहरू