तिब्बती मूलका बौद्ध भिक्षुको भारतबाट काठमाडौं आगमन
भारतमा बस्दै आएका तिब्बती मूलका एक जना बौद्ध भिक्षु नेता काठमाडौं आइपुगेका छन् । रत्नवज्र शाक्य आज दिउँसो नयाँ दिल्लीबाट आएका हुन् ।
शाक्य इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई मा दिउँसो साढे ३ बजे आइपुगेका हुन् । उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पूर्वसांसद आङ्दावा शेर्पा पुगेको बताइएको छ ।
भिक्षु शाक्य बौद्ध नजिकैको तिनचुली, आरुबारीमा रहेको भृकुटी गुम्बामा बस्ने छन् ।
टिप्पणीहरू