एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै गत बुधबारदेखि संसद अवरुद्ध पार्दै आएका सो पार्टीका सांसदहरुले आज पनि बैठक चल्न नदिएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बैठक शुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाए । अध्यक्ष तिमिल्सिनाले समय दिएपछि बोलेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध बोलेकाले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने जानकारी दिइन् । त्यसपछि एमालेका अरु सांसदहरु पनि उठेर बिरोध गर्न थाले ।
उठेर विरोध जनाइरहेका एमाले सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाले पटक-पटक बस्न र बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि उनीहरले टेरेनन् । त्यसपछि भोलि बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी अध्यक्षले बैठक स्थगित गरे ।
टिप्पणीहरू