भुक्तानी रोकेको निहुँमा एमाले नेता र वडाध्यक्ष मिलेर इञ्जिनियर भकुरे
पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख इञ्जिनियर दत्त बुढथापा कार्यालयमै कुटिएका छन् । नेकपा एमालेका नेता तथा पूर्वप्रदेश सांसद दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले इञ्जिनियर बुढथापामाथि हिजो कुटपिट गरेका हुन् ।
आफ्नो कार्यकक्षमै छिरेर दुई जनाले हातपात गरेको पीडित इञ्जिनियरले बताए । चालु आर्थिक वर्ष २०७९÷८० को प्रदेश सांसद विकास कोषमार्फत् सञ्चालित खर्कदारदेखि रिगामाडु र माथिबालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्रै हातपात र कार्यालय तोडफोड गरिएको प्रमुख बुढथापाको भनाई छ ।
४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए ।
अरु प्राविधिकहरुलाई पनि एमाले नेताले ज्यानमार्ने धम्की दिएकाले मुगुमा काम गर्न असहज भएको उनको गुनासो छ । यसैबीच हातपातपछि पूर्वसासंद परियार र वडाध्यक्ष रावललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
टिप्पणीहरू