बेपत्ता मनाङको हेलिकप्टरमा सवार पाँचैजना मेक्सिकन, खोजीका लागि अल्टिच्युडको हेली पठाइयो
आज बिहानदेखि सम्पर्कबिहीन भएको मनाङ एयरको हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ ।
तीमध्ये दुईजना पुरुष र तीनजना महिला रहेको बताइएको छ । हेलिकप्टर पाइलट सिबि गुरुङले उडाएका थिए ।
आज बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर अहिलेसम्म सम्पर्कविहीन छ । बेपत्ता हेलिकप्टरको खोजीका लागि अल्टिच्युडको हेली साढे ११ बजे त्यसतर्फ प्रस्थान गरेको छ ।
टिप्पणीहरू