गुराँसको रुखमा ठोक्किएर मनाङको हेलिकप्टर दुर्घटना, पाँचवटा शव फेला

गुराँसको रुखमा ठोक्किएर मनाङको हेलिकप्टर दुर्घटना, पाँचवटा शव फेला

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । 

आज बिहान सवा १० बजेदेखि सम्पर्कबिहीन भएको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ लाम्जुरा पास ईलाकाको चिहानडाँडा जंगलमा दुर्घटनाग्रस्त फेला परेको हो । लालीगुराँसको रुखमा ठोक्किएर दुर्घटना भएको हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 

अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको नेतृत्वमा उद्धार टोली  खटिएको छ । उद्धार टोलीले पाँचवटा शव निकालेको छ भने एउटा शव अझै फेला परेको छैन । क्षतविक्षत अवस्थामा शव भेटिएकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ । 

पाइलट सिबि गुरुङ्गले उडाएको हेलिकप्टरमा उनीसहित पाँचजना विदेशी यात्रु सवार थिए ।  उनीहरु पाँचैजना मेक्सिकन नागरिक हुन् ।

टिप्पणीहरू