मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा उद्धार जारी (अपडेट)

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा उद्धार जारी (अपडेट)

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराडाँडामा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबैको शव फेला परेको छ । उद्धार टोलीले छ वटै शवलाई २० मीनेटको दूरीमा रहेको नजिकैको सडकसम्म लैजान तयारी गरेको बताइको छ ।

मनाङ हेलिकोप्टरको कल साइन ९एन एएमभी (एएस५०) हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन यात्रु र नेपाली चालक सबैको दुर्घटनामा निधन भएको छ । 

सडकसम्म ल्याएपछि ट्याक्टरबाट भकुञ्जेस्थित हेलिप्याडमा पुर्याउने र त्यहाँबाट शव राजधानी काठमाडौं ल्याउने जानकारी दिइएको छ ।

प्रत्यक्षदर्शीले हेलिकोप्टर टुक्रा–टुक्रा अवस्थामा रहेको बताएका छन् । सो क्षेत्रको मौसम बिहानैदेखि खराब रहेकाले हेलिकोप्टर दुर्घटनामा परेको आशंका गरिएको छ ।

दुर्घटनास्थल वरपरको मौसममा सुधार आएकाले पौने ४ बजको समयमा उक्त हेलिप्याडमा एउटा हेलिकोप्टर भर्खरै ल्याण्ड भएको छ ।

टिप्पणीहरू