भारतीय सञ्चारमन्त्रीद्वारा दलाई लामाको लद्दाखमा स्वागत
तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा भारतको लद्दाख पुगेका छन् । उनी धर्मशालाबाट राजधानी नयाँ दिल्ली हुँदै आज जम्मु काश्मिरको लद्दाखस्थित लेह पुगेका हुन् ।
१४ औं दलाई लामा आफ्नो गृष्मकालीन निवासमा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडानमा शेवात्से गएका हुन् । नयाँ दिल्लीबाट उडेको विमान स्थानीय कुशोक बाकुला रिम्पोछे विमानस्थलमा अवतरण भएको थियो ।
लद्दाखमा लामालाई स्वागत गर्न भारतीय सूचना तथा प्रशारण र युवा तथा खेलकुद मन्त्री अनुराग सिंह ठाकुरसमेत पुगेका थिए ।



टिप्पणीहरू