स्वर्गीय सीताको शवयात्रामा सुरक्षाकर्मीको स्कर्टिङ

स्वर्गीय सीताको शवयात्रामा सुरक्षाकर्मीको स्कर्टिङ

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको शवयात्रा शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडाबाट अन्तिम दाहसंस्कारका लागि पार्थिव शरीर पशुपति लगिएको हो ।

नेपाली सेनाको गाडीमा राखेर शव पशुपति आर्यघाटमा लगिएको छ । यसअघि बिहान साढे ८ बजे निधन भएकी माओवादी केन्द्रीय सल्लाहकारसमेत रहेकी दाहालको शवलाई ११ बजेदेखि श्रद्धाञ्जलीको निम्ति पार्टी मुख्यालयमा राखिएको थियो ।

श्रद्धाञ्जलीको निम्ति प्रधानसेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर पेरिस डाँडा पुग्नुभएको थियो । त्यसैगरी नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, व्यवसायी प्रितम  सिंह, नेपाली काँग्रेस नेता मिनेन्द्र रिजाल, नेकपा क्रान्तिकारी अध्यक्ष मोहन वैद्य किरणलगायतले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको बताइएको छ ।

शवयात्रा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्याण्ड टोलीसहित भएको हो ।

टिप्पणीहरू