भिसा नलगाई नेपाल छिरेका नेपाली मूलका बेलायतीहरु लण्डन फर्कन पाएनन्

भिसा नलगाई नेपाल छिरेका नेपाली मूलका बेलायतीहरु लण्डन फर्कन पाएनन्

बेलायतबाट नेपाल आएका नेपाली मूलका तीनजना बेलायती नागरिक बिना भिसा यहाँ बसेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले आज लण्डन फर्किन लागेका उनीहरुको राहदानी चेकजाँच गर्दा भिसा नलगाई नेपाल छिरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ ।

बेलायत र नेपाल दुवै मुलुकको राहदानी बोकेका नेपाली मूलका तीन बेलायती आज कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा हुँदै लण्डन फर्किंदै थिए । तर, काठमाडौँ छिर्दा नेपाली राहदानी देखाएका उनीहरुले बेलायत फिर्ता हुनेबेलामा उतैको पासपोर्ट प्रस्तुत गरेपछि यथार्थ बाहिर आएको हो ।  

उनीहरुले बेलायती राहदानीमा नेपाल प्रवेशका लागि भिसा लिएको नदेखिएको अध्यागमन इकाई कार्यालय गौचरले जनाएको छ । बिना भिसा नेपाल प्रवेश गर्नु गैरकानुनी कार्य भएकाले अध्यागमनको टोलीले आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित विभागमा बुझाउने गरि आज साँझ साढे ६ बजे विमानस्थल सुरक्षा गार्डलाई जिम्मा लगाएको छ । 

पक्राउ परेकामा नेपाली राहदानी नम्बर ०८०६५५६२ की मैना गुरुङ, ०८७३२१९७ राहदानी भएका सन्दिप गुरुङ र ०८०६५५०३ राहदानी नम्बरका सिमरन गुरुङ हुन् । उनीहरुको बेलायती पासपोर्ट क्रमशः १३१६७१३१३, १३८९४७९४६ र ५५४६१५२४४ देखिन्छ ।

टिप्पणीहरू