तार जोड्दा करेन्ट लागेका हवाई रहेनन्

तार जोड्दा करेन्ट लागेका हवाई रहेनन्

सप्तरीमा करेन्ट लागेर एक जनाले ज्यान गुमाएका छन् । सुरुङगा नगरपालिका वडा नं. ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर गएराति मृत्यु भएको हो । 

घरमा विद्युतको तार जोड्ने क्रममा अचानक करेन्ट लागर घाइते भएका उनलाई तत्कालै उपचारका निम्ति सप्तऋषि अस्पताल लहानमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनको उपचारको क्रममा गएराति ९ बजे निधन भएको हो । 

यस सम्बन्धमा आवश्यक जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू