बजेट पारितलगत्तै १३ मिनेटका लागि राष्ट्रियसभामा ‘ब्रेक’

बजेट पारितलगत्तै १३ मिनेटका लागि राष्ट्रियसभामा ‘ब्रेक’

राष्ट्रियसभा बैठक केहीबेरका लागि स्थगित भएको छ । आज पुनः बस्नेगरी १३ मिनेटका लागि बैठक स्थगित गरिएको बताइएको छ । 

त्यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको थियो । विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । 

छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ मन्त्री डा. महतले दिनुभएको थियो । त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । 

बजेट पारितलगत्तै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १३ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

टिप्पणीहरू