साउनदेखि बैंकपिच्छे ब्याजदर फरक हुने
नेपाल बैंकर्स संघले आगामी साउनदेखि ब्याजदर बजारले नै तय गर्ने निर्णय गरेको छ । यसअघि कार्टेलिङ गर्दै आएको संघले अबदेखि त्यसो नगर्ने बताएको हो ।
ब्याजदर कायम गर्ने विषयमा हुँदै आएको यसअघिको भद्र सहमति तोडिएको बताइएको छ । संघको हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो ।
वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ९ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् ।
टिप्पणीहरू