हलिउड कलाकारहरु आन्दोलनमा, नाफामा विभेद मुख्य कारण

हलिउड कलाकारहरु आन्दोलनमा, नाफामा विभेद मुख्य कारण

विश्वविख्यात हलिउड कलाकारहरु आन्दोलनमा होमिएका छन् । झण्डै ६ दशकपछि हलिउडमा आन्दोलन भएको बताइएको छ । 

चलचित्र पटकथाकारहरूले गरेको आन्दोलनमा उनीहरुले ऐक्यबद्धता जनाएपछि हलिउडमा काम ठप्प भएको छ । कार्य वातावरण नभएको र मुनाफा वितरणमा विभेद गरिएको आरोप लगाउँदै कलाकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा डेढ लाखभन्दा बढी कलाकारहरू सहभागी भएका छन् । कतिपय कलाकार विश्वका विभिन्न कार्यक्रममा सहभागी हुन गएको स्थानबाट फिर्ता भएको प्राप्त समाचारमा जनाइएको छ ।

टिप्पणीहरू