राष्ट्र ऋण उठाउने विधेयक संसदबाट पारित
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाले पारित गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको 'राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस्' भन्ने प्रस्तावलाई आज बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको हो ।
त्यसअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारित भएको विधेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।
टिप्पणीहरू