मनमोहनका कर्मचारीले 'लभ यू' लेखेर पाँसो लगाए

मनमोहनका कर्मचारीले 'लभ यू' लेखेर पाँसो लगाए

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । 

अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएको हो । आज बिहान सुसाइड नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको काठमाडौं प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । 

उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ । सुसाइड नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन् । त्यस्तै, परिवारका सदस्यका नाममा 'लभ यू', 'लभ यू' लेखिएको पनि प्रहरीले जनाएको छ ।

टिप्पणीहरू