आज बैंक र राजश्व कार्यालय खुल्ला, कर र राजश्व बुझाउन सकिने

आज बैंक र राजश्व कार्यालय खुल्ला, कर र राजश्व बुझाउन सकिने

आज शनिबारको दिन पनि बैंक तथा राजश्व संकलन कार्यालयहरु खुल्ला छन् । कर तथा राजश्व संकलनको निम्ति सम्बन्धित शाखा खुल्ला राखिएको जनाइएको छ ।

आन्तरिक राजस्व विभागले आज जारी गरेको सूचनमा राजश्व सङ्कलन गर्ने सबै बैङ्क खुल्ला रहने उल्लेख छ । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९÷८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) बुझाउन सहज बनाउन बैङ्क खुल्ला गरेको जनाएको छ ।

यसअघि गत शनिबार पनि बैंकहरु खुल्ला थिए । नेपाल राष्ट्र बैंकको निर्देशनानुसार असार २३ र ३० गतेका शनिबार तथा भोलि मसान्तका दिन अबेरसम्म बैंक तथा वित्तीय संस्था खुल्ला हुनेछ ।

टिप्पणीहरू