नेपाल वायुसेवाको हङकङ उडान रद्धपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बबाल

नेपाल वायुसेवाको हङकङ उडान रद्धपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बबाल

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान कक्षमा यात्रुहरुले होहल्ला गरेका छन् । नेपाल वायुसेवा निगमको हङकङ उडान रद्ध भएपछि झण्डै पाँच दर्जन यात्रुले निगमका कर्मचारीहरुसँग चर्को विवाद गरेका हुन् ।

बिहान ११ बजेको निगमको उडान नम्बर आरए ४०९ हङकङमा सुनामी आएको कारण देखाउँदै आजलाई रद्ध गरिएको छ । त्यसपछि यात्रुहरुले विरोध गरेका हुन् । 

उनीहरुले आजै उड्न पाउनुपर्ने भन्दै होहल्ला गरेको निगम स्रोतले बताएको छ । अन्यथा, सबै यात्रुलाई होटलमा लगेर राख्नुपर्ने यात्रुको माग छ । 

तर, यात्रुको लगेज चेक नहुँदै उडान रद्ध भएकाले उनीहरुको माग जायज नभएको निगमको दाबी छ ।

टिप्पणीहरू