दोलखाको गाउँपालिका उपाध्यक्षको काठमाडौंमा निधन
दोलखामा एउटा गाउँपालिकाका उपाध्यक्षको निधन भएको छ । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष ५३ वर्षे श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको बताइएको छ ।
उपाध्यक्ष तामाङलाई हृदयाघात भएपछि काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल ल्याइएको थियो । उनकाे आज निधन भएको हो ।
तामाङ गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका थिए ।
टिप्पणीहरू