ललिता निवास जग्गा प्रकरणमा पक्राउ सबैलाई थप पाँच दिन थुनामा राखिने

ललिता निवास जग्गा प्रकरणमा पक्राउ सबैलाई थप पाँच दिन थुनामा राखिने

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको समय दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त प्रकरणमा आरोपीहरुमाथि सरकारी कागज किर्ते सम्बन्धमा अनुसन्धान गरेको बताएको छ । आरोपितहरुमध्ये सञ्चार सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका भूतपूर्व आयुक्त सुधिरकुमार शाहलगायत पक्राउ परेका छन् ।

टिप्पणीहरू