समायोजन भएका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न माग
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति सुर्खेतले कर्मचारी समायोजनका क्रममा स्थानीय तहमा पठाइएका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न माग गरेको छ ।
समितिका अध्यक्ष उदयबहादुर थापाले विज्ञप्ति जारी गर्दै समायोजनमा गएका स्वास्थ्यकर्मीलाई सोही स्थानीय तहको स्वास्थ्य संस्थामा खटाउन माग गरेका हुन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मनोमानी रुपमा गरिएको कर्मचारी समायोजन अवैज्ञानिक, अपूर्ण र त्रुटिपूर्ण रहेको उल्लेख गर्दै यसले पीडित स्वास्थ्यकर्मीलाई थप चोट पुगेको बताएका छन् ।
‘स्वास्थ्य नीति २०७६ अनुसार प्रत्येक स्थानीय तहमा अस्पताल तथा प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपश्चात समायोजन मिलान हुने गरी कामकाजमा पठाएका स्वास्थ्यकर्मीलाई लामो समयसम्म तलबभत्ता समेत नदिई असार मसान्तको समयमा वर्षायाम लागेसँगै अपमानजनक शैली तथा भाषामा गत असार २५ गते स्वास्थ्य मन्त्रालयबाट जारी चिकित्सक÷स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन विषयको पत्रले पीडित स्वास्थ्यकर्मीलाई थप चोट पुगेको र स्थानीय तहको दादागिरी शैलीमा फिर्ताको पत्र घर घर पुप्याउन गएको प्रवृत्तिले पीडित स्वास्थ्यकर्मीलाई असहैय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष थापाले स्वास्थ्य मन्त्रालय र स्थानीय तहको यस्तो शैलीप्रति घोर भत्र्सना गर्दै स्वास्थ्य सेवाका कर्मचारीहरुको कर्मचारी समायोजनसम्बन्धी समस्याको न्यायपूर्ण तरिकाले दीर्घकालीन रुपमा समाधान नभएसम्म मन्त्रालयको पत्र फिर्ता लिन माग गरेका छन् ।
साथै, स्थानीय तहले जबरजस्ती स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाबाट फिर्ता नगर्न र आफ्नो कार्य क्षेत्रबाट रमना नुबझी नियमित रुपमा कामकाज गर्न पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
टिप्पणीहरू