पशुपतिको फोहोर व्यवस्थापनमा हाइड्रोलिक हपर ट्रिपरको प्रयोग

पशुपतिको फोहोर व्यवस्थापनमा हाइड्रोलिक हपर ट्रिपरको प्रयोग

प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहोरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर ट्रिपर प्रदान गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई एक कार्यक्रमका बीच उक्त गाडी हस्तान्तरण गरेका हुन् । 

बैंकले गाडी सञ्चालनका लागि एक जना चालकलाई एक वर्षको पारिश्रमिकबापत तीन लाख रुपैयाँ समेत उपलब्ध गराएको छ । साथै, उक्त गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कोषका परिषद् सदस्य तथा अन्य पदाधिकारी, बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू