जंगली च्याउ खाएका दुई छोरा र आमाको मृत्यु

जंगली च्याउ खाएका दुई छोरा र आमाको मृत्यु

रोल्पामा जंगली च्याउ खाएका तीन जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५, बुझिङका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुले गत मङ्गलबार जंगली विषालु च्याउ खाएका थिए । स्थानीय दुर्गे गुरुङकी श्रीमती भीमा गुरुङ र छोराहरु ११ वर्षे सुशील र ६ वर्षका प्रेमको निधन भएको हो ।

थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएका उनीहरुमध्ये गत बिहीबार प्रेमको, अस्ति सुशीलको र हिजो भीमाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विषालु च्याउ खाएका सोही स्थानका अन्य ११ जनाको पनि उपचार भइरहेको छ ।

टिप्पणीहरू