घट्यो सार्वजनिक यातायातको भाडा

घट्यो सार्वजनिक यातायातको भाडा

सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । उक्त प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । 

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ । त्यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २ दशमलब १३ प्रतिशतले भाडा घटाएको छ । 

त्यस्तै, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २ दशमलब ७८ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ३ दशमलब ०९ प्रतिशतले भाडा घटाएको विभागले जनाएको छ ।
 

टिप्पणीहरू