सशस्त्र प्रहरीद्वारा चोरी पैठारीका सवा अर्बका सामान नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका एक अर्ब २६ करोड ४४ लाख २४ हजार ३७० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सशस्त्रले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष त्यस्तो सामान करिब २७ प्रतिशतले बढी पक्रेर भन्सार दाखिला गरेको बताएको छ ।
जसअनुसार गत साउन महिनामा नौ करोड ७९ लाख तीन हजार ३३४ रुपैयाँ, भदौमा ११ करोड २५ लाख ११ हजार ७२० रुपैयाँ र असोज महिनामा आठ करोड, ७४ लाख ९४ हजार ६८३ रुपैयाँको सामान बरामद गरेको हो ।
त्यस्तै कात्तिकमा छ करोड ९१ लाख ५८ हजार ५०९ रुपैयाँ, मंसिरमा आठ करोड ४८ लाख ५१ हजार ३५३, पुस महिनामा १७ करोड ५८ लाख ५० हजार २८३, माघ महिनामा आठ करोड १९ लाख ९६ हजार ७५३ र फागुन महिनामा आठ करोड ७९ लाख ६० हजार १६५ रुपैयाँ बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ ।
सशस्त्रले चैत्रमा ११ करोड, १८ लाख ३० हजार २६२, वैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९३१, जेठमा ११ करोड ४३ लाख ६४ हजार ६०१ र असारमा १० करोड २३ लाख १२ हजार ७७७ रुपैयाँको सामान बरामद गरेको हो ।
बरामदमध्ये नम्बर १ वराह बाहिनी मुख्यालय सुनसरीले २८ करोड ७३ लाख ४५ हजार ५९३, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ६५ करोड, ७० लाख २६ हजार ६९५, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले १ करोड ९० लाख ९९ हजार ६६८, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार चार सय रुपैयाँको सामान भन्सार दाखिला गरेको बताइएको छ ।
नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६ लाख १५ हजार ७६६ र नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार २४८ बराबरको भन्सार दाखिला गरेको हो ।
टिप्पणीहरू