बिमस्टेक बैठकमा परराष्ट्रमन्त्रीले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गर्ने

बिमस्टेक बैठकमा परराष्ट्रमन्त्रीले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गर्ने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुको एक दिने बैठक सकिएको छ । बैठकमा सदस्य मुलुकहरुबीच आपसी सहयोग सुदृढ पार्ने उपाय पहिल्याउनेमा सहमति भएको छ ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले भाग लिनुभएको छ । छलफलमा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रबारे पनि चर्चा भएको बताइन्छ ।

बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार सदस्य छन् । आज परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच ‘साइडलाइन’ भेटवार्ता हुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री साउद भोलि स्वदेश फर्कनुहुने छ ।

टिप्पणीहरू