स्वास्थ्यमन्त्रीको लण्डनमा र परराष्ट्रमन्त्रीको बैंककमा भेटवार्ता

स्वास्थ्यमन्त्रीको लण्डनमा र परराष्ट्रमन्त्रीको बैंककमा भेटवार्ता

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बेलायती राज्यमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । बेलायत भ्रमणमा रहनुभएका मन्त्री बस्नेतले त्यहाँको स्वास्थ्य तथा सामाजिक सेवा राज्यमन्त्री वील क्विन्ससँग लण्डनमा कुराकानी गर्नुभएको हो । 

यता परराष्ट्रमन्त्री एनपी साउदले बैंककमा थाइल्याण्डका उपप्रधान तथा विदेशमन्त्री दोन प्रामुद्वीनाइसँग भेटवार्ता गर्नुभएको छ । उहाँ बिमस्टेकको बैठकमा भाग लिन अस्ति बैंकक जानुभएको थियो । 

हिजो उहाँले भारतीय विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्नुभएको थियो । उहाँ बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।

टिप्पणीहरू