मध्यबर्खामा आगलागी, लाखौँको सम्पत्ति खरानी
मकवानपुरमा भएको आगलागीमा सात लाख मूल्य बराबरको धनमाल जलेको छ ।
मकवानपुरगढी गाउँपालिका–६, सिम्लेस्थित पाण्डप श्रेष्ठको घरमा लागेको आगलागीका कारण उक्त क्षति भएको हो ।
विद्युत सर्ट भई सल्किएको आगोबाट घर, अन्नपात, लत्ताकपडा, कागजपत्र र नगद गरेर सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हिजो राति लागेको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
टिप्पणीहरू