बाबुराम पुत्री मानुषी सञ्चार विभाग प्रमुख

बाबुराम पुत्री मानुषी सञ्चार विभाग प्रमुख

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरीसमेत रहेकी नेतृ मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरिएको छ ।

पार्टीका आन्तरिक गतिविधिको डिजिटलाइजेसन व्यवस्थापन तथा वाह्य प्रचारका कामलाई प्रभावकारी बनाउन विभाग गठन गरिएको हो । पार्टी संगठनका अभिलेख डिजिटलाइजेसन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोगको योजना बनाउने काम विभागले गर्ने बताइएको छ ।

त्यस्तै, पार्टीका सूचना, जानकारी र आन्तरिक गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने काम पनि विभागमार्फत गरिने छ ।

नेसपाले हिजोदेखि संगठन सुदृढीकरण अभियान शुरु गरेको छ ।

टिप्पणीहरू