मध्यरातमा एमाले अध्यक्षको बिदाइ

मध्यरातमा एमाले अध्यक्षको बिदाइ

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया जानुभएको छ । उहाँ हिजो राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै न्होम्पेन्ह जानुुभएको हो ।

अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य,फोटोग्राफर दिनेश भण्डारी,अंगरक्षक सशस्त्र प्रहरी निरीक्षक निरञ्जन नायजु भने अस्ति राति नै त्यता गैसकेका छन् । 

अध्यक्ष ओलीका साथ श्रीमती राधिका शाक्य र उपमहासचिव विष्णु रिमाल पनि कम्बोडिया जानुभएको छ । उहाँको आगामी सोमबार सिंगापुर हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ । 

अध्यक्ष ओलीलाई बिदाई गर्न विमानस्थलमा उपाध्यक्षत्रय ईश्वर पोखरेल,विष्णु पौडेल र सुवास नेम्वाङ पुग्नुभएको थियो । त्यसैगरी महासचिव शंकर पोखरेल,सचिव प्रदीप ज्ञवाली,नेता महेश बस्नेत, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलगायत झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता विमानस्थल पुगेको बताइन्छ । 

यसअघि विमानस्थल कार्यालयले भीडभाड नगर्न र विदेश जाने आफन्तलाई बिदाइ गर्दा बढीमा चार जना मात्र जानको लागि आग्रह गरेको थियो । तर, राजनीतिक दलका नेताहरुको आगमन र बिदाइमा दर्जनौं व्यक्ति सवारी साधनसहित विमानस्थल पुग्ने गरेका छन् ।

टिप्पणीहरू