मध्यराती नेपाल वायुसेवा निगमको वाइडबडी विमान कम उचाइमा प्रस्थान

मध्यराती नेपाल वायुसेवा निगमको वाइडबडी विमान कम उचाइमा प्रस्थान

नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान गएराति तोकिएकोभन्दा कम उचाइमा उडेको छ । जापानको नारिताका लागि उडेको उडान नम्बर आरए ४३३ को उक्त विमान राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छाडेपछि तोकिएको उचाइभन्दा कममा वरपरका डाँडा नजिकैबाट गएको पुष्टि भएको छ ।

राजधानीका मुख्य बस्ती र डाँडाकाँडामा कम उचाइमा वाइडबडी विमान उडाउनुलाई निकै जोखिमपूर्ण मानिन्छ । यसअघि कोटेश्वरबाट उड्नेबित्तिक्कै ललितपुरको दक्षिणभाग र दक्षिणकालीमा १५ हजार, धादिङको छत्रे देउराली,नुवाकोटको ओखरपौवा,काठमाडौंको शिवपुरीसम्म पुग्दा २० हजार र काभ्रेपलाञ्चोकको साँगा हुँदै जाँदा २५ हजार फिटमा उड्ने गर्दथ्यो । तर, हिजो राति उक्त विमान १० हजार फिटमा उडेकोले यात्रु र विमानको सुरक्षा दृष्टिकोणले खतरापूर्ण मानिएको हो । 

यसबारे निगम र नागरिक उड्डयन प्राधिकरणले औपचारिक रुपमा केही बताएका छैनन् ।

टिप्पणीहरू