अदालत बन्द,वकिलहरुको विदेश र विपश्यनामा ओइरो

अदालत बन्द,वकिलहरुको विदेश र विपश्यनामा ओइरो

प्रायः सँधै जिल्ला,सर्वोच्च र यदाकदा उच्च अदालतमा व्यस्त देखिने वरिष्ठ कानुन व्यवसायीहरु साउन लागेपछि भने कम्तिमा १० दिन ‘बेपत्ता’ हुने गरेका छन् । विगतमा थोरैले त्यसो गरे पनि यो वर्ष विदेश र स्वदेश भ्रमणका साथै बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न जानेको संख्या बाक्लो छ । 

सामान्यतयाः साउन १४ गतेसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र अन्तरिम आदेश माग गरिएका बाहेक अन्य नियमित मुध्दाको पेशी नहुने भएकाले वरिष्ठ वकिलहरु यो अवधिमा फुक्काफाल हुने गरेको बताइन्छ । वर्षको ३६५ दिनमध्ये यो १५ दिन उनीहरुको समय पारिवारिक घुमघाममा बित्ने गरेको छ । 

बूढानीलकण्ठस्थित ध्यान केन्द्रमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण  खरेल,रमण श्रेष्ठ,ईश्वरी भट्टराई, मेघराज पोखरेललगायत पुगिसकेको स्रोतको दाबी छ ।

जनआस्थालाई प्राप्त विवरणअनुसार यसबीच केही वरिष्ठ कानुन व्यवसायीहरु सपरिवार विदेशतिर निस्केका छन् । जसमध्ये शम्भु थापा युरोप,हरिहर दाहाल अमेरिका,टीकाराम भट्टराई सिंगापुर गएका छन् । त्यसैगरी सुनिल पोखरेल अमेरिका,नारायण नेपाल र महेश थापा भियतनाम, बाबुराम दाहाल परिवारसहित चीन गएका छन् । 

धेरै वकिलहरु परिवारसँग आन्तरिक भ्रमणमा निस्केका छन् । यता केही भने १० दिने विपश्यना ध्यान केन्द्रमा पसेको बताइन्छ । बूढानीलकण्ठस्थित ध्यान केन्द्रमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण  खरेल,रमण श्रेष्ठ,ईश्वरी भट्टराई, मेघराज पोखरेललगायत पुगिसकेको स्रोतको दाबी छ ।

टिप्पणीहरू