राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम प्रशासन कार्यालयले भरिदिने

राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम प्रशासन कार्यालयले भरिदिने

जिल्ला प्रशासन कार्यालय डोटीले राहदानी लिने आउने सेवाग्राहीका लागि सहजीकरणको व्यवस्था गरेको छ । 

सेवाग्राही स्वयंमले फाराम भर्न नसक्ने अवस्थामा कार्यालयबाटै भरिदिने व्यवस्था प्रशासन कार्यालयले मिलाएको हो । प्रशासकीय अधिकृत दीपा जोशीका अनुसार अब सेवाग्राही स्वयंमले राहदानीको फाराम भर्न नसक्ने अवस्थामा राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयमा रहेको राहदानी शाखाबाटै भरिने छ । 

यसअघि राहदानी सेवा लिने सेवाग्राहीहरुले प्रि–ईन्रोलमेन्ट फाराम बाहिरबाट भरेर लग्नुपर्ने बाध्यता थियो । साथै, यसरी फाराम भर्दा सेवाग्राहीले दुई सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपथ्र्यो । 

तर, प्रशासन कार्यालयले राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयबाटै निःशुल्क रुपमा भरिदिने व्यवस्था गरेपछि यसबाट सेवाग्राहीलाई सहजीकरण हुने देखिन्छ ।

टिप्पणीहरू