सुन तस्करीबारे लाइभ रिपोर्टिङ गर्दागर्दै भारतीय संवाददाता गिरफ्तार

सुन तस्करीबारे लाइभ रिपोर्टिङ गर्दागर्दै भारतीय संवाददाता गिरफ्तार

नेपाल प्रहरीको टोलीले दुई जना भारतीय टेलिभिजन पत्रकारलाई नियन्त्रणमा लिएको छ । अनुमतिबेगर विमानस्थलको आगमन कक्ष बाहिर लाइभ रिपोर्टिङ गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

इण्डिया डेली न्युज च्यानलका रिपोर्टरद्वय कान्तकुमार र रस्का खानलाई नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुले टर्मिनल ड्युटी अफिसको अनुमतिबेगर लाइभ गरेका थिए ।

भारतीय रिपोर्टरहरुसँग आवश्यक सोधपुुछ भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

टिप्पणीहरू